सुन तथा चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन ताेलामा ६ हजार २०० घट्याे

Aug 12, 2020 11:01 AM Merolagani



अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ। साउन २८ गते, बुधबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो केहि समय यता प्रतितोला एक लाख नाघेको सुनको मूल्य पुन: ओरोलो लागेको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि बुधबार गिरावट आएको छ। यस दिन चाँदी ताेलामा २२५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० रुपैयाँ तोकिएको छ।

सुनचाँदी व्यवसायी तेज रत्न शाक्यका अनुसार रुसले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाएको खबर बाहिरिएसँगै सुनको भाउ उच्च रुपले घटेको हो।

साउन लागेयता सुनकाे मूल्य उकालाे लागेकाे हाे । साउन ९ गते सुनको मूल्य ९५ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो । तर निरन्तर उकालो लागेको सुनको मूल्य साउन २१ गते एक लाख नाघेर प्रतितोला एक लाख एक हजार ४०० रुपैयाँ पुगेको थियो । यस्तै साउन २३ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख तीन हजार ५०० रुपैयाँ कायम रही ऐतिहासिक रकर्ड बनाएको थियो । त्यसयता भने सुनको मूल्य निरन्तर ओरालो लागेको हो ।

चाँदीको भाउमा भने पछिल्ला केहि समय अस्थिरता देखिएको छ । गत महिनाकोे असार ३० गतेसम्म प्रतितोला ९०० को हाराहारीमा रहेको चाँदीको भाउ साउन महिना प्रवेशसँगै प्रतितोला एक हजार रुपैयाँ पुगेको थियो । त्यसयता एक हजार रुपैयाँकै आसपासमा रहेको चाँदीको भाउमा घटीबढि भएको देखिन्छ । यद्यपी अघिल्लो दिन मंगलबार चाँदी हालसम्मकै उच्च रही प्रतितोला एक हजार ४३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।