कान्तिपुरका पत्रकार बानियाँ मृत अबस्थामा भेटिए

Aug 12, 2020 03:15 PM Merolagani



दुई दिनदेखि सम्पर्कविहीन भएका पत्रकार बलराम बानियाँ मृत अवस्थामा खोलाको किनारमा भेटिएका छन् । मंगलबार मकवानपुरको भीमफेदी गाउँपालिका– ८ सिस्नेरीस्थित माण्डु हाइड्रो पावरमा उनको शव भेटिएको हो ।

मंगलबार बिहान ११ बजे माण्डु हाइड्रो पावरको हेड बक्समा उनको शव भेटिएको प्रहरीले बताएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको स्थानीयको भनाइ छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको काठमाडौं प्रहरीले जनाएको छ ।

बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर, पानीको अत्यधिक बहावले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् ।

नागरिक दैनिकलगायतका सञ्चार गृहमा काम गरिसकेका बानियाँ पछिल्लो पटक विगत एक दशक अघिदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।