कान्तिपुरका पत्रकार बानियाँ मृत अबस्थामा भेटिए

Aug 12, 2020 03:15 PM Merolagani



दुई दिनदेखि सम्पर्कविहीन भएका पत्रकार बलराम बानियाँ मृत अवस्थामा खोलाको किनारमा भेटिएका छन् । मंगलबार मकवानपुरको भीमफेदी गाउँपालिका– ८ सिस्नेरीस्थित माण्डु हाइड्रो पावरमा उनको शव भेटिएको हो ।

मंगलबार बिहान ११ बजे माण्डु हाइड्रो पावरको हेड बक्समा उनको शव भेटिएको प्रहरीले बताएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको स्थानीयको भनाइ छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको काठमाडौं प्रहरीले जनाएको छ ।

बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर, पानीको अत्यधिक बहावले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् ।

नागरिक दैनिकलगायतका सञ्चार गृहमा काम गरिसकेका बानियाँ पछिल्लो पटक विगत एक दशक अघिदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।