शंकाको घेरामा रुसद्धारा निर्मित विश्वको पहिलो कोरोना भ्याक्सिन, डब्ल्यूएचओले माग्यो प्रमाण

Aug 13, 2020 03:52 PM Merolagani

कोरोना भाइरस महामारीको बढ्दो कहरका बीच रुसका तर्फबाट प्रभावकारी भ्याक्सिन तयार गरिएको भन्ने दाबीमाथि प्रश्न खडा भएको छ । उक्त दाबीमाथि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले रुससँग उसको भ्याक्सिनको परीक्षणसँग सम्बन्धित प्रमाण पेश गर्नका लागि भनेको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार मात्रै आफ्नो देशले कोरोना भ्याक्सिन तयार गरेको र पहिलो डोज आफ्नो छोरीलाई दिएको दाबी गरेका थिए । तर डब्ल्यूएचओले आफूलाई रुसले तयार गरेको भ्याक्सिनका बारेमा कुनै जानकारी नभएको बताएको छ ।

डब्ल्यूएचओको आरोप रहेको छ कि, रुसले भ्याक्सिन तयार गर्नका लागि निर्धारित दिशानिर्देशको पालना गरेको छैन । यस्तोमा उक्त भ्याक्सिनको सफलतामाथि विश्वास गर्न मुस्किल रहेको छ ।

केबल डब्ल्यूएचओले मात्र नभई कयौँ देशका विशेषज्ञहरुले रुसले तयार पारेको भनिएको भ्याक्सिनमाथि प्रश्न उठाइरहेका छन् । रुसले दिशानिर्देशलाई नजरअन्दाज गरेर भ्याक्सिन ल्याउनु सही नभएको उनीहरुको आरोप रहेको छ ।

यद्यपी रुसले यस्ता विभिन्न प्रकारका आरोपहरुको खण्डन गर्दै आफूले तयार पारेको भ्याक्सिन सफल भएको बताउदैँ आएको छ । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।