काठमाडाैं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिए, देशभर ५२५ जना

Aug 13, 2020 04:38 PM Merolagani

पछिल्लो २४ घण्टामा देशभर ५२५ जना कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २४  हजार ९५७ पुगेको छ । यीमध्ये सक्रिय संक्रमित आठ हजार २५ जना रहेका छन् ।

आज संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका १११ जना , ललितपुरका ११ जना र भक्तपुरका पाँच जना रहेका छन् ।

यसैगरी पछिल्लो एक दिनमा कोरोना मुक्त हुनेको संख्या १०९ रहेको छ भन नेपालमा हालसम्म १६ हजार ३७ जनाले कोरोना जितिसकेका छन् । हाल क्वारेन्टिनमा १४ हजार ७६९ जना र आइसोलेसनमा आठ हजार २५ जना रहेका छन् । पछिल्लो एक दिनमा नौ हजार ८५९ पीसीआर परीक्षण भएको छ । नेपालमा हालसम्म चार लाख ८३ हजार ३८ पीसीआर परीक्षण भइसकेको छ ।

संक्रमितको विवरण :

महोत्तरी : २०
झापा : २
सुनसरी : २०
उदयपुर : १
मोरङ : ८८
इलाम :  ४
धनुषा : २२
रौतहट : २५
सिराहा : २
सप्तरी : ३१
बारा : १
पर्सा : ३९
काठमाडौं : १११
ललितपुर : ११
भक्तपुर : ५
नुवाकोट : १
सर्लाही : २६
चितवन : ११
मकवानपुर : २८
रामेछाप : ३
सिन्धुली : २
काभेपलान्चोक : ८
दोलखा : १
सुर्खेत : १
कपिलवस्तु : २१
कास्की : ३
नवलपरासी : ४
तनहुँ : १
रुपन्देही : १२
प्युठान ; ३
दाङ : २
बाँके : १०
बर्दिया : ३
पाल्पा : १
डोटी : १
बैतडी : १

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।