थप चार जनाको कोरोना संक्रमणका कारण निधन,कुल संख्या ९५ पुग्याे

Aug 13, 2020 04:51 PM Merolagani



नेपालमा थप चार जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै देशभरमा हालसम्म ९५ जनाको निधन भइसकेको छ ।

निधन हुने तीन पुरुष र एक जना महिला रहेका छन् । मृतकहरु महोत्तरी,धनुषा,अछाम र मोरङका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा साे जानकारी दिइएकाे हाे ।

महोत्तरी,मतिहानी, ६ का ४५ वर्षीय काेराेना संक्रमित पुरूषकाे साउन २५ गते रामजानकी अस्पतालमा निधन भएको छ । उनी क्षयरोग तथा मधुमेह राेगबाट ग्रसित थिए ।

यसैगरी धनुषा,मिथिलानगर,७ बस्ने ८५ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण निधन भएको छ । साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा उनकाे निधन भएको हो ।

कोभिड संक्रमणका कारण मृत्यु हुने अर्का व्यक्ति अछामस्थित रामरोसा, ५ का १८ वर्षीय पुरुष हुन् । उनको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,ललितपुरमा मृत्यु भएको हो । ती पुरुष मुटु राेगी भएको मन्त्रालयले जनाएको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार मोरङ,विराटनगनर,३ निवासी ५७ वर्षीय पुरुषको पनि कोभिड संक्रमणका कारण मृत्यु भएको छ । ती पुरुष मधुमेह तथा उच्च रक्तचापका बिरामी रहेका थिए ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।