आईपीओ निष्काशनको तयारीमा रहेको युनियन लाइफको खुद बीमाशुल्क साढे ४ अर्बभन्दा बढी

Aug 16, 2020 01:22 PM Merolagani

आईपीओ निष्काशनको तयारीमा रहेको युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ५० करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ५३.१३ प्रतिशत अर्थात एक अर्ब ५६ करोड बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा इन्स्योरेन्सले २ अर्ब ९४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य आयबाट ३४ करोड ९८ लाख, पुनर्बीमा कमिशनबाट ५४ करोड २० लाख रुपैयाँ र बीमालेख धितोमा ७८ करोड ९३ लाख रुपैयाँ लगानी गरी ५ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको आम्दानीसंगै खुद नाफामा पनि सुधार भएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा इन्स्योरेन्सले ९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २ करोड ८० लाख रुपैयाँ बढी हो।

अघिल्लो वर्षको यसै अवधिमा इन्स्योरेन्सले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सर्वसाधारणको लागि आईपीओ निष्काशनको तयारीमा रहेको कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ।

कम्पनीको जगेडा कोषमा ४४ करोड ८५ लाख रुपैयाँ, जीवन बीमा कोषमा ४ अर्ब २८ करोड र महाविपत्ती जगेडा कोषमा ४ करोड ९८ हजार रुपैयाँ सञ्चित छ।

यस त्रैमाससम्ममा कम्पनीले ९२ हजार ५५० बीमालेख जारी गरी ४ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले यस अवधिमा १५७ वटा दाबी बापत ९० करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ७ वटा दाबी वापत ७० लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।