छ्याङ्दी हाइड्रोपावरको नाफा ९४.७५ प्रतिशत बढ्यो

Aug 16, 2020 02:01 PM Merolagani

छ्याङ्दी हाइड्रोपावर (CHL) ले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म एक करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। हाइड्रोपावरको यो नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा ७२ लाख ७६ हजार रुपैयाँ अर्थात् ९४.७५ प्रतिशत धेरै हो। 

अघिल्लो आवमा हाइड्रोपावरले ७६ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्री मार्फतकाे आम्दानी बढ्नुका साथै सञ्चालन नाफा बढ्दा हाइड्रोपावरको नाफा बढ्न टेवा पुगेको हो।

यस अवधिमा हाइड्रोपावरले विद्युत बिक्री मार्फत् ५ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो आवको यसै अवधिको तुलनामा ११.६६ प्रतिशत धेरै हो। अघिल्लो आवमा हाइड्रोपावरले विद्युत बिक्री मार्फत् ५ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो।

यसैगरी हाइड्रोपावरले अन्य स्रोत मार्फत् ३ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी २८ करोड ३५ लाख रुपैयाँ रहेको हाइड्रोपावरको जगेडा कोषमा एक करोड ५४ लाख रुपैयाँ सञ्चित छ।

प्रतिशेयर आम्दानी ५ रुपैयाँ २८ पैसा रहेको हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात १५.१६ गुणा छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।