सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क घटेपनि नाफा २२.६७ प्रतिशत बढ्यो

Aug 17, 2020 12:12 PM Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तलुनामा ५ करोड ५४ लाख रुपैयाँ बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क भने ३ करोड ५० लाख रुपैयाँले घटेर ८० करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८४ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३३ करोड ९५ लाख, लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड १३ लाख रुपैयाँ, बीमा कोषमा ८२ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ४८ लाख रुपैयाँ सञ्चित छ।

इन्स्योरेन्सले हालसम्म एक लाख ३२ हजार २३९ वटा बीमालेख जारी गरी २ अर्ब १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। यस अवधिमा इन्स्योरेन्सको २० हजार २८१ वटा बीमालेख नवीकरण भएका छन्।

कम्पनीले कूल ६ हजार ९४५ वटा दाबी बापत ९२ करोड ४१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ७६५ वटा दाबी बापत ६९ करोड ८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३० रुपैयाँ ०२ पैसा, प्रतिशेयर नेटवर्थ २२२ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात १९.३२ गुणा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।