माउन्टेन हाइड्रोको नोक्सानी उच्च रुपले बढ्यो, प्रतिशेयर आम्दानी ऋणात्मक

Aug 18, 2020 11:14 AM Merolagani

माउन्टेन हाइड्रो (MHNL) ले गत आर्थिक वर्षको चौथौँ त्रैमाससम्म ६ करोड ६७ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । अघिल्लो आवको यसै अवधिमा हाइड्रो एक करोड ६१ लाख रुपैयाँले नोक्सानीमा रहेको थियो । 

यस अवधिमा हाइड्रोले विद्युत विक्री मार्फत् ७ करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको यसै अवधिमा हाइड्रोले विद्युत विक्री मार्फत् आम्दानी गरेको थिएन ।

आम्दानीको तुलनामा सम्पूर्ण खर्च उच्च रुपमा बढ्दा हाइड्रोले नोक्सानी ब्यहोर्न पुगेको हो ।

चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ रहेको हाइड्रोको जगेडा कोष २३ करोड एक लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

हाइड्रोको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा ऋणात्मक छ । यसैगरी हाइड्रोको प्रतिशेयर नेटवर्थ ८१ रुपैयाँ ५९ पैसा छ भने मूल्य आम्दानी अनुपात १४.८० गुणाले ऋणात्मक रहेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।