शेयर बजारसँग जाेडेर पूर्व अर्थमन्त्रीकाे उछितो काढ्नु वा नयाँ आउने अर्थमन्त्रीलाई बजारसँग जोड्नु गलतः ठूला लगानीकर्ता

Sep 07, 2020 11:16 AM Merolagani

  • ज्योति शाह

निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडाका कारण शेयर बजार माथी उठ्न नसकेको टीका टिप्पणीका बीच अर्थमन्त्रालयबाट उनको बर्हिगमन भएको छ। अर्थमन्त्रीको राजिनामा आउनु केही दिन अघिसम्म निकै बढेको शेयर बजार उनकाे राजिनामा पश्चात नकारात्मक बन्यो।

आइतबारको शेयर बजारको अवस्था पछि युवराज खतिवडा बर्हिगमन र नयाँ अर्थमन्त्री आगमनलाई बजारले कुरेको चर्चा चल्न थालेको छ। के शेयर बजार कुनै अर्थमन्त्रीको आगमन र बर्हिगमनका कारण प्रभावित हुन्छ? नयाँ अर्थमन्त्री आउँदा बजारलाई के फाइदा वा बेफाईदा हुन्छ? नयाँ अर्थमन्त्री आएपछि बजार बढ्छ? यस्तै प्रश्न हामीले शेयर बजारका ठूला लगानीकर्तासंग गरेका छाैँ।

निर्मल प्रधान
शेयर बजार भनेको कुनै पनि कम्पनीको अवस्थासंग निर्भर हुन्छ। संसारभरको शेयर बजार त्यो देशको अर्थमन्त्रीको कारण प्रभावित हुने कुरा कुनै शब्दकोषमा लेखिएको छैन। बजार कुनै मन्त्रीका कारण प्रभावित हुन्छ भन्नु फगत हल्ला हुन्।

शेयर बजार सुधारका लागि भएका नीतिगत र प्राविधिक सुधारका कुराले नै बजार राम्रो हुने हो। निवर्तमान अर्थमन्त्री खतिवडा, गर्भनर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका प्रमुख नेपाली अर्थतन्त्रले पाउनु राम्रो संयोग हो। उहाँकै कारण बजारमा नीतिगत र प्राविधिक सुधार निकै भएको छ। अहिले संसारभरबाट घरमै बसेर शेयर किन्न बेच्न पाइन्छ। बैंक ब्याजदर एक अंकमा झरेको छ।

यस्तै कारणबाट बजारमा दैनिक ४ अर्बको कारोबार भएको हो। यस्ता राम्रा नीतिगत कारणबाट बजार ४/६ महिनामा १० अर्बसम्मको कारोबार हुने बन्न सक्छ। तर को अर्थमन्त्री बन्छ? यस अघि अर्थमन्त्री को थियो? को मन्त्री बन्दा कुन शेयर किन्ने भन्ने हल्ला बजारमा चलाउनु साना लगानीकर्ता डुबाउने खेल हो। कुनै स्क्रिप्ट नै तोकेर बजारमा हल्ला गरिनु भयानक डर लाग्ने कुरा हो।

अम्बिका प्रसाद पौडेल

पूँजी बजारका लगानीकर्ताले बजारको मर्म र धर्मलाई नबुझेको जस्तो लाग्छ। २० खर्बको पूँजीकरणमा अर्थमन्त्रीलाई जोड्नु त्यति यथार्थपरक छैन। पूँजी बजारमा विकासमा नीतिगत सुधारले अर्थ राख्छ कुनै व्यक्ति यसमा जोडिन्छ भन्नु गलत हो।

म आफै संलग्न कार्यदलमा रहेर निवर्तमान अर्थमन्त्रीसंग रहँदा पूँजी बजारमा असहयोग भएको मैले पाएको छैन। खतिवडाकाे कार्यकालमा पूँजी बजारले एउटा सुधारको फड्को मारेको छ। निश्चित गतिमा रहेको शेयर बजारले करेक्सन गर्दै सुधारको बाटोमा अघि बढेको हो।

यसैलाई लिएर गएका अर्थमन्त्रीको उछितो काढ्नु वा नयाँ आउने अर्थमन्त्रीलाई बजारसंग जोड्नु गलत हुन्छ। अर्थतन्त्रको समग्र अवस्था हेरेर पूँजी बजारको अवस्था निर्धारण गर्ने हो, कोभिड समस्या, तरलता, ब्याजदर, मौद्रिक नीति यसका उदाहरण हुन्। त्यसैले, मेरो आग्रह छ कतै पनि व्यक्तिसंग पूँजी बजारलाई नजोडौँ, आफूले लगानी गरेको लगानीसंग पूँजी बजारलाई जोडौँ।

डा. आत्मा राम घिमिरे

बजारलाई प्रभावित पार्ने दुईवटा कुरा हुन्छ। त्यो भनेको पहिलो ब्याजदर हो भने दोस्रो बजार व्यापारकाे चक्र। यसका अलवा अरु स-साना कुराहरु क्षणिक प्रभाव हुन्। पूँजी बजार राम्रो हुनका लागि अर्थमन्त्रीले पछिल्लो समय राम्रो काम गर्नु भएको थियो।

यसलाई उहाँ सुधारिएको भनेर बुझ्न सकिन्छ। त्यसैले पनि उहाँ जाँदैमा झनै बढ्ने भन्ने हल्लामा दम थिएन। मैले त बजार ओरोलो लाग्छ भनेकै थिएँ। बजार चक्रमा सुधारका राम्रा कुरा भएका छन् बजार बिस्तारै बढ्छ नै।

कुनै अर्थमन्त्रीमा मात्रै बजार निर्भर नभएर नीतिगत सुधारले बजारमा अर्थ राख्छ। बजार राम्रै लयमा छ। यो लयलाई कायम मात्रै राखे पनि बजार राम्रै हुन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।