सिभिल लघुवित्तको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Sep 14, 2020 07:18 AM Merolagani



सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले साउन २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन हो। लघुवित्तले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो।

लघुवित्तले चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरका ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्काशन गरेको हो।

हकप्रद निष्काशनका लागि लघुवित्तले असार १५ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार असार १४ गते आइतबारसम्म कायम यस लघुवित्तका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। हकप्रदमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका विराटनगर, पोखरा, नेपालगंज, विरगंज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले लघुवित्तको हकप्रद निष्काशनलाई केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट फागुन १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।

हाल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।