नयाँ नेपाल र सारथी लघुवित्तले असोज ५ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने

Sep 14, 2020 07:38 AM Merolagani



नयाँ नेपाल लघुवित्त (NNLB) र सारथी लघुवित्तले असोज ५ गते सोमबारदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन्। यी दुई लघुवित्त आपसमा गाभिएपछि ‘सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।

एकिकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो।

यी दुबै लघुवित्तले आ–आफ्नो विशेष साधारण सभामार्फत १ बराबर १ शेयर शेयर स्वाप रेशियामा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।

सारथी लघुवित्त नेप्सेमा सूचीकृत नभएको एक राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त संस्था हो भने नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको नेप्सेमा सूचीकृत लघुवित्तको हो।

दुबै लघुवित्त बिच २०७६ माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार मर्जपछि लघुवित्तको केन्द्रिय कार्यालय काभ्रे, धुलिखेल नगरपालिकामा रहने छ।

सारथी लघुवित्तसँग मर्जर सम्झौता गरे लगत्तै गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ।

हाल नयाँ नेपालको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँ छ भने सारथीको चुक्ता पूँजी ११ करोड ४ लाख २५ हजार रुपैयाँ छ। मर्जपश्चात लघुवित्तको चुक्तापूँजी २३ करोड ५८ लाख पुग्नेछ।

पछिल्लो समय लघुवित्त कम्पनीहरमा गाभ्ने तथा गाभिने प्रकृया तीब्र देखिएको छ। राष्ट्र बैंकको मर्जर नीतिका कारण पनि अधिकांश लघुवित्त मर्जरमा जान थालेको हो। अहिले सर्वसाधारणमा शेयरनै जारी नगरेका कतिपय लघुवित्त कम्पनीहरु समेत मर्जर प्रकृयामा रहेका छन्।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।