पछिल्लो २४ घण्टामा एक हजार १७० जनामा कोभिड १९ संक्रमण पुष्टि, थप १५ जनाको निधन

Sep 14, 2020 04:29 PM Merolagani



पछिल्लो २४ घण्टामा एक हजार १७० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ पुष्टि हुनेको कुल संख्या ५५ हजार ३२९ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित १५ हजार ३९३ जना छन् ।

यस्तै गत एक दिनमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ । हालसम्म भने देशभरमा कोरोना मुक्त हुने ३९ हजार ५७६ जना छन् । अहिले क्वारेन्टिनमा ६ हजार ८९२ जना छन् भने संस्थागत आइसोलेसनमा आठ हजार ११८  जना र होम आइसोलेसनमा सात हजार २७५ जना रहेका छन् । पछिल्लो एक दिनमा १० हजार ८७८ पीसीआर परीक्षण भएको छ । योसँगै मुलुकमा कुल आठ लाख ५१ हजार ४०५ पीसीआर परीक्षण भइसकेको छ ।

सोमबार नेपालमा थप १५ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म संक्रमणका कारण निधन हुनेको कुल संख्या ३६० पुगेको छ । आज देशभरमा मृत्यु भएका संक्रमितहरुको विस्तृत विवरण यस्तो छ :




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।