पछिल्लो २४ घण्टामा एक हजार १७० जनामा कोभिड १९ संक्रमण पुष्टि, थप १५ जनाको निधन

Sep 14, 2020 04:29 PM Merolagani



पछिल्लो २४ घण्टामा एक हजार १७० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड १९ पुष्टि हुनेको कुल संख्या ५५ हजार ३२९ पुगेको छ । तीमध्ये सक्रिय संक्रमित १५ हजार ३९३ जना छन् ।

यस्तै गत एक दिनमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ८७९ रहेको छ । हालसम्म भने देशभरमा कोरोना मुक्त हुने ३९ हजार ५७६ जना छन् । अहिले क्वारेन्टिनमा ६ हजार ८९२ जना छन् भने संस्थागत आइसोलेसनमा आठ हजार ११८  जना र होम आइसोलेसनमा सात हजार २७५ जना रहेका छन् । पछिल्लो एक दिनमा १० हजार ८७८ पीसीआर परीक्षण भएको छ । योसँगै मुलुकमा कुल आठ लाख ५१ हजार ४०५ पीसीआर परीक्षण भइसकेको छ ।

सोमबार नेपालमा थप १५ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म संक्रमणका कारण निधन हुनेको कुल संख्या ३६० पुगेको छ । आज देशभरमा मृत्यु भएका संक्रमितहरुको विस्तृत विवरण यस्तो छ :




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।