कोरोना बीमामा दाबी रकम परिमार्जन, राहत वा उपचार खर्चमात्रै पाउने

Sep 14, 2020 06:02 PM Merolagani



बीमा समितिले कोरोना बीमा मापदण्ड संशोधन गर्दै दाबी भुक्तानी रकम समेत परिमार्जन गरेको छ । समितिले सोमबार देखि बीमालेख खरीद गर्नेहरुलाई कुल बीमांकबाट राहत खर्च र उपचार खर्च मात्रै पाउने व्यवस्था गरेको हो ।

समितिले कोरोना संक्रमण भएर पीसीआर परीक्षणबाट पुष्टि भएर होम आइसोलेसनमा बस्नु परेमा राहत खर्च वापत बीमांकको २५ प्रतिशत अथवा अस्पताल भर्ना हुनुपरेमा वा तोकिएको आइसोलेसनमा बसेको अवस्थामा चिकित्सकले प्रमाणित गरे अनुसार औषधिपचार खर्च वापत अधिकतम बीमांकको ७५ प्रतिशत मात्रै पाउने व्यवस्था गरेको छ ।

तर भदौ २८ गतेसम्म बीमालेख खरिद गर्नेहरुको हकमा भने यो व्यवस्था लागू नहुने समितिले जनाएको छ ।

भुक्तानी सम्बन्धी गरेको नयाँ व्यवस्था अनुसार अब नयाँ बीमितले कुल बीमांकबाट राहत खर्च वा उपचार खर्चमात्रै पाउनेछन् ।

निर्जीवन बीमा कम्पनीहरुले अहिले ५० हजार र एक लाख रुपैयाँका दुई बीमालेख बिक्री गर्दै आईरहेका छन् । त्यसमा एक लाख रुपैयाँ बीमा गर्नेहो भने बीमितले राहत खर्चवापत २५ हजार रुपैयाँ वा उपचार खर्चवापत ७५ हजार रुपैयाँ पाउनेछन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।