सहारा विकास बैंकको बोलपत्र आज खोलिने

Sep 15, 2020 07:50 AM Merolagani



सहारा विकास बैंक लिमिटेडले लिलामी मार्फत बिक्री गरेको शेयरहरुको बोलपत्र आज (भदौ ३० गते) खोल्ने भएको छ।

बैंकले साउन ३० गतेदेखि भदौ २३ गतेसम्म आवेदन माग गरिएकोमा सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु खोल्न लागेको हो। बोलपत्र आज दिउँसो २ः३० बजे बैंकको शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको फेसबुक लाइभ मार्फत गरिने जनाएको छ।

बैंकले संस्थापक समूहतर्फको ९ लाख २१ हजार १४८.७० कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गरेको थियो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।