सिटिजन्स म्युचुअल फण्ड १ र २ को प्रतिफल घोषणा

Sep 15, 2020 11:00 AM Merolagani



सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेको छ।

सिटिजन्स म्युचुअल फण्ड १ (CMF1) ले इकाईधनीहरुलाई कर सहित १५ प्रतिशत र सिटिजन्स म्युचुअल फण्ड २ (@CMF2) ले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

भदौ २९ गते योजना व्यवस्थापक बसेको सिबिआईएल क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।