पुनर्बीमा कम्पनी मुद्धती निक्षेप राख्न बैंकको खोजीमा, गोप्य शिलबन्दी प्रस्ताव आह्वान

Sep 15, 2020 01:49 PM Merolagani



नेपाल पुनर्बीमा कम्पनी (NRIC)ले एक वर्ष र दुई वर्ष अवधिका लागि मुद्धती निक्षेप लगानी गर्न वाणिज्य बैंकहरुको खोजी गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त इच्छुक वाणिज्य बैंकहरुलाई अशोज ५ गतेसम्म गोप्य शिलबन्दी प्रस्ताव फारम बुझाउन आह्वान गरेको हो ।

कम्पनीले बाणिज्य बैंकहरुलाई आफुले लिन चाहेकको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर र व्याज भुक्तानी अवधि सहित कोटेशन सम्बन्धी फारम भरी गोप्य शिलबन्दी पेश गर्न सुचना निकालेको छ ।

यद्यपि कम्पनीले कति रकम मुद्धती लगानी गर्न चाहेको भने खुलाएको छैन । कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने रकम उल्लेख गर्दा बैंकहरुबाट बोलकबोल गर्दा ब्याजदरमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै रकम उललेख नगरिएको पुर्नबीमा कम्पनीले जनाएको छ ।

शिलबन्दी बोलपत्र पेश गर्दा सम्बन्धित बैंकको पूँजी कोष अनुपात, निष्कृष्य कर्जा सिडि रेसियो, तरल सम्पत्तिरस्वदेशी मुद्रा निक्षेप, रियल स्टेट कर्जा, सर्वसाधाणको कूल निक्षेप रुपैयाँमा, चुक्ता पूँजी, पूँजी प्रर्याप्तता अनुपात, प्रतिशेयर किताबी मूल्य, कम्पनीको नाममा रहेको हालसम्मको निक्षेप रकम, प्रति शेयर आम्दानी, पछिललो पटक वार्षिक साधारण सभा सम्पन्न मिति, प्रस्तावित ब्याजदर, प्रस्तावित रकम, ब्याजदर भुक्तानी तरिका र अन्य खुलाउन पर्ने कुराहरु केही भए खुलाउनुपर्नेछ ।

साथै कम्पनीले मुद्दतीमा लगानी गरिएको रकमको समय समाप्त हुनु अगावै निक्षेप रकम फिर्ता वा मुद्दती निक्षेप धरोटी राखि ऋण लिनुपर्ने अवस्थाको शर्त एंव सुविधाहरु समेत अनिवार्य रुपमा खुलाउनका लागि भनेको छ ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।