कुलमानलाई बुद्धको मूर्ति मायाको चिनो उपहार दिएर बिदाई

Sep 15, 2020 03:39 PM Merolagani



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरुले बुद्धको मूर्ति मायाको उपहार दिएर बिदाइ गरेका छन् । कार्यकारी निर्देशक घिसिङको चार वर्षे कार्यकाल गत आइतबार सकिएको थियो ।


प्राधिकरणका कर्मचारीले आज (मंगलबार) उनलाई बिदाई गरेका हुन् । घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठे पनि उनलाई सरकारले पुननियुक्ति गरेको छैन् । घिसिङले दैनिक १३ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सवैको स्याबासी पाएका थिए ।

उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त हुन पुगेको थियो । उनले गरेका सुधारका प्रयासलाई भने सवैले प्रसशां नै गरेका छन् ।

सर्वसाधारणले पनि कुलमान पुन दोहोरिनु पर्ने पक्षमा जोड दिएका छन् । सामाजिक सञ्जालमा समेत कुलमानको प्रसंशा गरिदै आएको छ । कुलमान पुन नियुक्ति गर्नु पर्छ भन्दै कलाकारहरुले पनि दवाव दिँदै आएका छन् ।

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।