कुलमानलाई बुद्धको मूर्ति मायाको चिनो उपहार दिएर बिदाई

Sep 15, 2020 03:39 PM Merolagani



नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरुले बुद्धको मूर्ति मायाको उपहार दिएर बिदाइ गरेका छन् । कार्यकारी निर्देशक घिसिङको चार वर्षे कार्यकाल गत आइतबार सकिएको थियो ।


प्राधिकरणका कर्मचारीले आज (मंगलबार) उनलाई बिदाई गरेका हुन् । घिसिङलाई पुनः नियुक्ति गर्नुपर्ने आवाज उठे पनि उनलाई सरकारले पुननियुक्ति गरेको छैन् । घिसिङले दैनिक १३ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अत्य गरेर सवैको स्याबासी पाएका थिए ।

उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख शहरलाई लोडसेडिङमुक्त हुन पुगेको थियो । उनले गरेका सुधारका प्रयासलाई भने सवैले प्रसशां नै गरेका छन् ।

सर्वसाधारणले पनि कुलमान पुन दोहोरिनु पर्ने पक्षमा जोड दिएका छन् । सामाजिक सञ्जालमा समेत कुलमानको प्रसंशा गरिदै आएको छ । कुलमान पुन नियुक्ति गर्नु पर्छ भन्दै कलाकारहरुले पनि दवाव दिँदै आएका छन् ।

 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।