नेशनल लाइफको शेयर संरचना परिवर्तन, सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व

Sep 15, 2020 05:46 PM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को शेयर संरचना परिवर्तन भएको छ । इन्स्योरेन्सले संस्थापक शेयरको १० प्रतिशत अर्थात ३४ लाख ४० हजार ३२३.७३ कित्ता शेयरलाई सर्वसाधारणमा शेयरमा रुपान्तरण गरेको हो ।

कम्पनीको शेयर संरचना परिवर्तत भएर अहिले संस्थापक शेयरधनीको ५५ प्रतिशत र साधारण शेयरधनीको ४५ प्रतिशत स्वामित्व कायम भएको छ । कम्पनीमा यस अघि संस्थापक शेयर स्वामित्व ६५ प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३५ प्रतिशत रहेको थियो ।

शेयर संरचना परिवर्तन गर्ने कम्पनीको २०७६ कार्तिक २४ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाबाट निर्णय भएको थियो । त्यस अनुसार बीमा समितिको स्वीकृति प्राप्त गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गरी शेयर संरचना परिवर्तन गरेको हो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।