प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल

Sep 16, 2020 01:21 PM Merolagani



प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको (PICL) अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् । भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २०८औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । 

अग्रवालले बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथग्रहण गरिसकेका छन् ।

भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो ।

अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपसम्बद्ध छन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।