महासंघको साधारण सभा छठ पर्व पछि हुने निश्चित, शुक्रवार पदाधिकारी बैठक बस्दै

Sep 16, 2020 12:39 PM Merolagani

सुवास निरौला

नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा छठ पर्व पछि हुने भएको छ। महासंघले छठ पछि साधारण सभा गर्ने भएको हो।

छठ अघि महासंघका सबै सदस्यहरू आर्थिक गतिविधिमा व्यस्त हुने भएकोले साधारण सभा छठ पछि गर्न लागिएको हो। 

मुलुकको सबैभन्दा बढी आर्थिक गतिविधि हुने समय भनेकै दसैँ अघि र पछिको महिना हो । समग्र मुलुकको कुल आर्थिक गतिविधिमा ५० प्रतिशतको हिस्सा दशैंको सेरोफेरोमा हुने गर्छ। आर्थिक गतिविधि हुने मुख्य समयमा व्यवसायीहरू महासंघको साधारण सभामा अलमलिन चाहेका छैनन्। उनीहरूले सिजन सकेर मात्रै साधारण सभा गर्दा राम्रो हुने भनिरहेका छन्। सोही कारण महासंघले छठ पछि साधारण सभा गर्ने गरी तयारी सुरु गरेको महासंघ निकट स्रोतको भनाइ छ।

छठ पछि साधारण सभा गर्ने भनेर महासंघ केन्द्रीय समितिमा एक किसिमको सहमति भइसकेको छ। जसलाई औपचारिकता दिन महासंघले शुक्रवार पदाधिकारी बैठक बोलाएको छ। पदाधिकारी बैठकमा  साधारण सभाको मोडालिटि तयार गर्न गठित कमिटीले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ। उक्त बैठकले निकालेको निष्कर्षलाई अध्यक्ष राणाले कार्यकारिणी बैठकमा पेश गर्ने छिन्। कार्यकारिणी बैठकले निर्णय गरेपछि साधारण सभाको टुङ्गो लाग्ने छ।

साधारण सभाको मिति टुङ्गो लागेपछि सरकारलाई उक्त मितिमा साधारण सभा गर्न लागिएको जानकारी दिइने छ। सरकारको स्वीकृतिमा साधारण सभा गर्ने तयारी महासंघको छ।

निर्बाच गर्नु पूर्व करिब एक महिनाको समय दिनु पर्ने हुन्छ। आज भोलि नै सधारण सभाको निर्णय गरेमा दसैँमा साधारण सभा गर्नु पर्ने हुन्छ। त्यसैले छठ पछि साधारण सभा हुने गरी मिति तय गर्ने तयारी गरिएको हो।

शुक्रवार बस्ने पदाधिकारी छलफलमा महासंघको साधारण सभा छठ पछि गर्ने भन्ने बिषयमा सबै पदाधिकारी एकमत हुने संभावना छ। जिल्ला र नगरका प्रतिनिधिहरुले छठपछि गर्नु पर्ने प्रस्ताव राख्न पदाधिकारहरुलाइ जिल्ला नगर सदस्यहरुले टेलिफोनबाटै भनिरहेका छन्। 

यस अघि महासंघको एक खेमाले असोजमै साधारण सभा गर्नु पर्ने चर्को दबाब दिँदै आएको थियो। उसले निर्वाचन मोडालिटि तयार गर्न बनेको कमिटीलाई समेत असोज १५ गते साधारण सभा गर्नु पर्ने भन्दै सुझाव दिन लगाएको थियो। यसमा जिल्ला र नगरकै बढी सदस्यहरू रहेका थिए। उनीहरूले त्यो खेमाकै दबाबमा असोजको लागि सुझाव दिएका थिए। समितिलाइ धेरै जसो सदस्यहरूले भने साधारण सभा काठमान्डुमै गर्नु पर्ने सुझाएका छन।

काेराेना संक्रमण दर उच्च रहेपछि स्थगित हुँदै आएकाे साधारण सभा छठ पछि गर्नै पर्ने तयारीमा महासंघ अघि बढ्ने भएको छ। 

नेपाल उद्योग वाणिज्य महासंघको प्रत्येक तीन वर्षमा साधारण सभा हुने गर्छ। आफ्नो कार्यकाल लम्ब्याउने मनसायकाबीच तत्कालीन अध्यक्ष चण्डी राज ढकालले साधारण सभा तीन वर्षमा हुने गरी विधान संशोधन गरेका थिए। त्यस अघि दुई वर्षमा हुने गरेको थियो। 

सधारण सभाले हालका वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउँछ भने अन्य पदाधिकारिको लागि निर्वाचन हुने गर्छ। साधारण सभा बिषेशत वरिष्ठ उपाध्यक्षको निर्वाचनमा केन्द्रित हुने छ। यसपाली वरिष्ठ उपाध्यक्षका लागि पुराना र जुझारु उद्यमी किशोर प्रधान र बैकिङ व्यवसायी चन्द्र ढकाल आमने सामने हुँदै छन्।

हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी साधारण सभा पछि स्वत: अध्यक्ष हुने छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।