कोरोना बीमा मापदण्ड बिरूद्ध परेकाे रीटमा १५ दिनभित्र जवाफ सहित उपस्थित हुन सर्वोच्चकाे आदेश

Sep 16, 2020 03:07 PM Merolagani



सर्वोच्च अदालतले बीमा समिति र अर्थमन्त्रालयलाई विवादास्पद कोरोना बीमा मापदण्डबारे लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ । रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिश हरि प्रसाद फुँयालको एकल इजलासले १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,बीमा समिति र अर्थमन्त्रालयलाई विपक्षी बनाएर अधिवक्ता द्वय भाइराजा राई र दावा तामाङले भदौ २८ गते अदालतमा मुद्धा दर्ता गरेका थिए । कोरोना बीमा मापदण्ड २०७७ मा कोरोना बीमा पोलिसीले नेपाल सरकारले लिने दायित्व बीमा ऐन विपरित र नेपालको प्रचलित कानुनसँग बाझिएको भन्दै त्यसलाई बदर गर्न रिट दायर गरिएकाे थियाे ।

सरकारी ढुकुटी रित्याएर बीमा कम्पनीहरुलाई पोस्ने काम भएकोले त्यसलाई बदर गर्नुपर्ने उनीहरुको भनाई छ । कोरोना बीमाको दायित्वबाट सरकारलाई हटाएर त्यसको सम्पुर्ण दायित्व बीमा कम्पनी र पुर्नबीमा कम्पनीले लिनुपर्ने रिटमा उल्लेख छ ।

कोरोना बीमा मापदण्ड खारेज गर्दै दायर गरिएको रिटमाथि बीमा समिति र अर्थमन्त्रालयलाई लिखित जवाफ सहित असोज ८ गते बुधबारसम्ममा उपस्थित हुन आदेश दिएको हो ।

सर्वोच्व अदालतमा दायर भएको रिट यस्तो छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।