६० वर्षमा पहिलो पटक खुम्चियाे एशियाली अर्थतन्त्र

Sep 16, 2020 03:41 PM Merolagani

कोरोना भाइरस महामारीका कारण समग्र विश्व अर्थव्यवस्था मन्दीको मारमा रहेको छ । यसैबीच एशियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा एशियाली अर्थतन्त्र ६० वर्षमा पहिलोपटक संकुचन हुने जनाएको छ । यो संकुचन सन् १९६० को दशकयताकै पहिलो संकुचन हुनेछ । 

एडीबी का अनुसार सन् २०२० मा विकासशील अर्थव्यवस्थाको कुल गाहस्थ्य उत्पादन (जीडीपी) ०.७ प्रतिशतले खुम्चने छ ।

यद्यपी सन् २०२१ मा यस क्षेत्रमा ६.८ प्रतिशतको वृद्धि हासिल हुनेछ । एडीबीका अनुसार,यदि कोरोना भाइरसको स्थित अझैँ खराब भयो भने यस क्षेत्रको अर्थव्यवस्थाको गिरावट पनि बढ्न सक्छ ।

यो संकुचन सन् १९६२ यताकै पहिलो हुने एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सावडाले बताए । उनले भने, यो हाम्रो क्षेत्रका लाखौँ मानिसहरुलाई गरिबीबाट निकाल्ने प्रयासका लागि एउटा ठूलो झट्का हो ।

यस वर्ष एशिया क्षेत्रका तीन चौथाई अर्थतन्त्र खुम्चने क्रममा रहेको उनले बताए । यद्यपि, यो प्रवृत्तिलाई पाखा लगाएर चिनियाँ अर्थतन्त्र यस वर्ष १.८ प्रतिशतले विस्तार हुने बैंकको प्रक्षेपण छ ।

यस अघि जुन महिनामा गरिएको प्रक्षेपणमा भने अर्थतन्त्र ०.१ प्रतिशतले बढ्ने बताइएको थियो । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।