बैंकहरु ऋण असुलीमा आक्रामक देखिए, ऋण नतिर्नेकाे जायजेथा लिलामी गरिदै

Sep 20, 2020 12:23 PM Merolagani



निषेधाज्ञा तथा लकडाउनका कारण ठप्प रहेको आर्थिक गतिविधि केहि चलायमान हुन थालेसँगै बैंकहरु पनि कर्जा असुलीमा आक्रामक देखिन थालेका छन्। 

बैंकहरुले सार्वजानिक सूचना जारी गर्दै ऋणीलाई कर्जा तिर्न ३५ दिने अल्टिमेटम दिन थालेका छन्। बैंकहरुले विभिन्न पत्र पत्रिकामा सूचना निकालेर ३५ दिनभित्र कर्जा नतिरे सम्पति लिलाम गर्ने जनाएका छन्। 

गत साता एनएमबि बैंकले १० जनाभन्दा धेरै ऋणीको धितो लिलाम गर्न सूचना निकालेको छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले पनि ६ जनाभन्दा धेरै ऋणीको धितो लिलाम गर्ने गरी सूचना जारी गरेको छ। उक्त बैंकले ऋणीहरुले आगामी ३५ दिनभित्र कर्जा नतिरेमा ऋणीहरुको साढे ११ करोड रुपैयाँभन्दा धेरैको सम्पति लिलाम गर्न सूचना जारी गरेको हो।

यता, कुमारी बैंकले पनि आगामी ३५ दिनभित्र कर्जा तिर्न सूचना जारी गर्दै ताकेता गरेको छ। अघिल्लाे साता मात्रै एनआइसी एशिया बैंकले ऋण तिर्न आउन सूचना जारी गरेको थियो।

कर्जा तिर्नका लागि बैंकले गरेका यी केहि पछिल्ला उदाहरण मात्रै हुन्। अहिले प्रायः सबै बैंक तथा वित्तीय संस्था नउठेको कर्जा उठाउन आक्रमक रुपमा लागि परेका छन्।

मासिक रुपमा उठ्नु पर्ने कर्जा उठ्न नसकेपछि बैंकहरुलाई समस्या पर्न थालेको छ। धेरै कर्जाहरु समयमानै उठ्न नसकेपछि बैंकहरु समेत आत्तिएका छन्।

लकडाउनका कारण ऋणीहरुको आम्दानी हुन नसक्दा बैंकहरु पनि समस्यामा परेका हुन्। गत असार मसान्तमा उठ्नुपर्ने बैंकहरुको धेरै कर्जा उठ्न सकेको छैन। यसले गर्दा बैंकहरुले लकडाउन खुकुलो भएसँगै ऋणीहरुलाई कर्जा तिर्न ताकेता गर्न थालेका हुन्।

एनएमबी, राष्टिय वाणिज्य बैंक, कुमारी र एनआइसी एशिया बैंकले जस्तै अन्य बैंकहरुले पनि ऋणीलाई कर्जा तिर्न ताकेता गरिरहेका छन्। यति बेला बैंकहरुले ऋणीलाई मौखिक र लिखित रुपमा समेत कर्जा भुक्तानी गर्न आग्रह गरिरहेका छन्। धेरैजसो बैंकहरुले कर्जा नतिर्ने ऋणीको धितो लिलाम प्रकृया अगाडि बढाउन थालेका छन्।

करिब ६ महिना अघिदेखि भएको लकडाउन अझै पनि सहज रुपमा खुल्न सकेको छैन्। गत असार र साउनमा उपत्यकामा लकडाउन केहि सहज बनाइएपनि संक्रमितको संख्या बढ्न थालेपछि भदौ लागेपछि निषेधाज्ञा जारी गरिएको थियो। सो निषेधाज्ञा भदाै २४ गतेबाट भने केहि सहज भएको छ। अहिले कोरोनाको जोखिम कायमै रहेपनि आर्थिक गतिविधिहरु चलायमान हुन थालेका छन्।

लकडाउन र निषेधाज्ञाकाे समयमा बैंकहरुले मौखिक रुपमा ऋणीलाई कर्जा तिर्न ताकेता गरेपनि सम्पति लिलाम भने गर्न सकेका थिएनन्। अहिले व्यापार व्यवसाय गर्न सहज भएसँगै दैनिकजसो धितो लिलामीको सूचना आउन थालेको छ।

बैंकहरूले यसअघि पनि कर्जा तिर्न ताकेता गर्दे आए पनि व्यवसायीहरुले भने कोरोना भाइरसका कारण व्यापार व्यवसाय चल्न नसकेको र आम्दानी नभएकोले कर्जा तिर्न नसक्ने बताउँदै आएका थिए। 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।