माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?

Sep 17, 2020 03:40 PM Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्ष २०७६/७७ को कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पूँजीको ७.०३ प्रतिशत बोनस शेयर र कर सहित ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

अघिल्लो आर्थिक वर्षमा बैंकले ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षकाे कमाइबाट बैंकले कम लाभांश वितरण गर्ने भएको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुर्पयाँ ८० पैसा कायम गरेको थियो।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड छ। बोनसपश्चात बैंकको पूँजी ९ अर्ब रुपैयाँभन्दा धेरै हुनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।