भारतीय प्रधानमन्त्री मोदीकाे सम्पत्ति दुई करोड ५१ लाख भारू,४ वटा सुनको औँठी,अरू के हाेला ?

Sep 17, 2020 06:03 PM Merolagani

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज आफ्नो ७० औँ जन्मदिन मनाइरहेका छन् । यसै मौकामा प्रधानमन्त्री मोदीको सम्पत्तिका बारेमा जानकारी दिन गइरहेका छौँ ।

सम्पत्तिको मामलामा पीएम मोदी करोडपति छन् । अप्रिल २०१९ सम्म उनको चल–अचल सम्पत्ति दुई करोड भारतीय रुपैयाँ भन्दा अधिक थियो ।

कुल सम्पत्ति
प्रधानमन्त्रीद्धारा प्रविष्ट गराइएको शपथपत्र अनुसार, पीएम मोदीको कुल सम्पत्ति दुई करोड ५१ लाख ३६ हजार ११९ भारु रहेको छ । यदि चल सम्पत्तिको कुरा गर्ने हो भने पीएमसँग ३८ हजार ७५० नगद हातमा रहेको छ भने भारतीय स्टेट बैंकको गान्धी नगर शाखामा केबल ४ हजार १४३ रुपैयाँ रहेको छ ।

२० हजारको बण्ड
मोदीले २० हजार रुपैयाँ एलएंडटी इन्फ्रा बण्डमा लगानी गरेका छन् । यसका अलावा एनएससीमा ७ लाख ६१ हजार ४६६ भारु र जीवन बीमा पोलिसीमा एक लाख ९० हजार ३४७ भारु जम्मा रहेको छ । मोदीसँग कुनै पनि प्रकारको सवारी साधन छैन ।

४५ ग्रामको सुनको औँठी
मोदीसँग ४ वटा सुनको औँठी रहेको छ, जसको तौल ४५ ग्राम छ । जसको कुल मूल्य एक लाख १३ हजार ८०० भारु रहेको छ । यसैगरी मोदीले ८५ हजार १४५ भारुको अनुमानित आयकरका लागि टीडीएस जम्मा गरेका छन् । यसका अलावा एक लाख ४० हजार ८९५ भारुको पीएमओ जम्मा गरेका छन् ।

एक करोडको अचल सम्पत्ति
प्रधानमन्त्री मोदीसँग केबल एक करोड रुपैयाँको अचल सम्पत्ति रहेको छ । मोदीले २५ अक्टोबर २००२ मा एउटा सम्पत्ति एक लाख ३० हजार ४८८ भारुमा खरिद गरेका छन् । यसमाथि उनले ३ लाख ४७ हजार २०८ रुपैयाँ खर्च गरेका थिए । हाल उक्त सम्पत्ति बजार मूल्यका हिसाबले एक करोड १० लाख रुपैयाँ हुन आउँछ । मोदीमाथि कुनै पनि प्रकारको ऋण छैन। मोदीको आर्थिक वर्ष २०१७–१८ मा वार्षिक आय १९ लाख ९२ हजार ५२० भारु थियो । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।