नबिल बैंकले ल्यायो चाडपर्ब योजना

Sep 18, 2020 06:52 AM Merolagani



नबिल बैंकले (NABIL)चाडपर्व योजना सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा योजना शुरू गरेको छ ।

व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनामा महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउँछ भन्ने बैंकले आशा गरेको छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । यसैगरी एक वर्ष सम्मको मुद्दती खातामा बैंकले ८.५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । दुई वर्ष भन्दा माथि र पाँच वर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र पाँच वर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले घर कर्जामा ७.४९५ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत,साना तथा मझौला कर्जामा एक करोड रुपैयाँसम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड रुपैयाँभन्दा माथिको कर्जामा ७.९९ प्रतिशत व्याजदरमा कर्जा प्रदान गर्ने निर्णय गरेको हो ।

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने पनि बैंकले जानकारी दिएको छ । नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।