शुक्रबार सुनचाँदीको मूल्य वृद्धि, यतिमा हुँदैछ कारोबार

Sep 18, 2020 11:55 AM Merolagani

असोज २ गते, शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको थियो ।

अन्तररष्ट्रिय बजारमा पनि शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सो बजारमा सुन प्रति अउन्स ६ डलर भन्दा बढिले बढेर प्रति अउन्स एक हजार ९५१ भन्दा बढिमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य भने अन्तररष्ट्रिय बजारमा आज २७ डलर बराबरमा कारोबार भइरहेको देख्न सकिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।