सिप्रदी ट्रेडिङ्गले टाटा अल्ट्रोजको सुरुवाती मुल्य २९ लाख ९९ हजार तोकेको छ । साथै सिप्रदीले नेपालभरीका सबै डिलरहरुमार्फत प्रिमियम ह्याचब्याक अल्ट्रोज गाडीको बुकिङ्ग पनि खुल्ला गरेको छ ।
टाटा अल्ट्रोज, अल्फा (एजाइल, लाइट, फ्लेक्जिबल र एडभान्स) आर्किटेक्चरमा बनेको पहिलो र एकमात्र गाडी हो । यसमा स्ट्राइकिङ्ग डिजाइन, वाइड एरे अफ इण्डष्ट्रिज – फस्ट, ग्लोबल एनक्यापमा फाईभ स्टार सेफ्टी रेटिङ्ग, गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ्ग डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेका छन् ।
यस गाडी विविध किसिमका सुविधा र विशेषताहरुले भरिपुर्ण रहेको छ । यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । यसमा रहेको मल्टि ड्राइभ (सिटि र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ । साथै यस सेग्मेन्टमै उत्कृष्ट लेग स्पेस रहेको गाडीको भित्रि डिजाइन खुल्ला र फराकिलो रहेको छ । यस ह्याचब्याक टप नच फिट, अत्यन्तै उत्कृष्ट र उच्च गुणस्तरीय सामाग्रीबाट बनेको टाटा मोटर्सले जनाएको छ । आइडल स्टप/स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसि, एम्बिन्ट मुड लाइटिङ्ग, ९० डिग्रि डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगाएतका अति उत्कृष्ट बिशेषताहरु रहेका छन । प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा ए.बि.एस, इ.बि.डि., सि.एस.सि. र डुवल एअरब्यागहरु रहेका छन् ।