कनेक्ट आइपीएसमा थप बैंकका खाता अनलाईन भेरीफाई गर्न सकिने

Sep 18, 2020 07:19 PM Merolagani



कनेक्ट आइपीएसमा बैंक खाता लिंक गरी अनलाईनबाटै सेल्फ भेरिफाई गर्ने सुविधा थप बैंक वित्तिय संस्थाहरुमा उपलब्ध भएका छन् ।

यसै क्रममा नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा उक्त सुविधा उपलब्ध भएको छ भने अन्य बैंक वित्तिय संस्थामा पनि यो सुविधा थपिने आवश्यक प्रकृया भइरहेको छ ।

यस अनलाईन सुविधा सँगै बैंक वित्तिय संस्थाका ग्राहकहरुले कनेक्ट आइपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्नका निम्ति बैंकको शाखा पुग्नु पर्ने छैन र अनलाईनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्दछन् । बैंकका ग्राहकले कनेक्ट आइपीएसमा लिंक अकाउण्ट भित्र आफ्नो खाता लिंक गरिसकेपछि म्यानेज अकाउण्ट भित्रसेल्फ भेरिफाई अकाउण्टमा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् । यस प्रकृयामा ग्राहकको विवरण ओटिपी वन टाईम पासवर्ड र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षित रुपमा अनलाईन भेरिफिकेसन हुने व्यवस्था रहेको छ ।

ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आइपीएस को वेभसाइट (www.connectips.com), यसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा पेमेन्ट गेटवेको रुपमा जोडिएको कनेक्ट आइपीएस लगायतका माध्यमहरु प्रयोग गर्न सक्छन् । कनेक्ट आइपीएस मा हाल ५४ बैंक वित्तिय संस्थाहरु सदस्य रहेका छन् ।

 

 

 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।