बिक्री चाप बढेपछि लिबर्टी इनर्जीको शेयरमूल्यमा नेगेटिभ सर्किट

Sep 20, 2020 01:05 PM Merolagani



आज आइतबारदेखि कारोबारमा आएको लिबर्टी इनर्जी (LEC) को शेयरमूल्यमा एकैदिन पोजेटिभ र नेगेटिभ सर्किट लागेको छ। 

कारोबार खुलेको १० मिनेट नबित्दै पोजेटिभ सर्किट लागेको कम्पनीको शेयर बिक्रीकर्ताको चाप बढेपछि फेरी नेगेटिभ सर्किट लागेको हो।

प्रतिकित्ता ३०० रुपैयाँ कारोबार खुलेको शेयरमूल्य १० प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको थियो भने १० प्रतिशतले नै घटेर २७० रुपैयाँमा झरेको छ।

कम्पनीको शेयरमा बिक्रीकर्ताको उच्च चाप देखिएकाे छ भने खरिदकर्ता भने शून्य छन्। अहिले करिब ९ हजार ५०० कित्ता शेयर बिक्रीको अादेश छ।