मर्जरको विषयमा सिभिल बैंकसँग नेप्सेले माग्यो स्पष्टिकरण

Sep 20, 2020 02:30 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) सिभिल बैंक (CBL) सँग मर्जरको विषयमा स्पष्टिकरण मागेको छ।

सिभिलले हिमालयन बैंकसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषयमा बजारमा हल्ला भएको तथा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको विषयमा स्पष्टिकरण माग गरेको हो। नेप्सेले बैंकलाई भोलि अर्थात असोज ५ गते बजार खुल्नु अघि आइपुग्ने गरी कम्पनीको भनाई मागेको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को (च) बमोजिम ‘सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने’ व्यवस्था छ। तर, सो व्यवस्था बमोजिम बैंकको तर्फबाट त्यस्तो कुनै सूचना प्राप्त नभएको तर बजारमा सो समाचारले मूल्य प्रभावित भएपछि नेप्सेले बैंकलाई स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

असोज ४ गते सिभिल बैंकको शेयरमूल्य १० प्रतिशत बढेर १६५ रुपैयाँमा कारोबार भइरहेको छ भने मार्केट डेप्थ अनुसार बैंकको शेयरमा खरिदकर्ताको चाप रहेको छ भने बिक्री चाप शून्य छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।