आइतबार थप एक हजार ३२५ जनामा कोभिड १९ पुष्टि, १० जनाको निधन

Sep 20, 2020 04:28 PM Merolagani



आइतबार थप एक हजार ३२५ जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड १९ पुष्टि हुनेको संख्या ६४ हजार १२२ पुगेको छ। तीमध्ये संक्रमण सक्रिय १७ हजार ४७८ जनामा छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ९६६ रहेको छ। हालसम्म देशभरमा ४६ हजार २३३ जनाले कोरोना संक्रमण जितिसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना र होम आइसोलेसनमा आठ हजार ४०७ जना रहेका छन्। क्वारेन्टिनमा भने सात हजार ४५१ जना रहेको मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

गत २४ घण्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएको छ। अहिलेसम्म देशभरमा कुल ९ लाख १४ हजार २९० परीक्षण भइसकेको छ।

गत एक दिनमा नेपालमा १० जनाको कोरोना संक्रमणबाट निधन भएको छ। यो संख्या सँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या कुल ४११ पुगेको छ।

देशभरमा आज निधन भएका संक्रमितहरुको विवरण :




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।