नेकपाको सचिवालय बैंठक भोली पनि बस्ने, स्थायी कमिटिको निर्णय अनुसार मन्त्रिपरिषदको पुनर्गठन गरिने

Sep 20, 2020 05:18 PM Merolagani



आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैंठकमा मन्त्रिपरिषद पुनर्गठनको बिषयले प्राथमिकता पाएको छ । सचिवालय बैंकले स्थायी कमिटिले गरेको निर्णय अनुसार मन्त्रिपरिषदको पुनर्गठन गर्ने निर्णय गरेको छ ।

पार्टीभित्रको आन्तरिक विवाद समाप्त भएसँगै बसेको सचिवालय बैठकले मन्त्रिपरिषदको पुनर्गठनका बिषयमा भोली पनि छलफल गर्ने भएको छ । पार्टीको स्थायी कमिटिले गरेको निर्णय अनुसार मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।

पार्टी उपाध्यक्ष बामदेब गौतम, महासचिव विष्णु पौडेल वा सुरेन्द्र पाण्डेमध्ये एकलाई अर्थमन्त्री बनाउने तयारी भइरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले उक्त मन्त्रालयको जिम्मेबारी समेत आफै राख्दै आएका छन् । प्रधानमन्त्री ओलीले पूर्व अर्थमन्त्री खतिवडालाई बिशेष आर्थिक सल्लाहकार रुपमा ल्याएका छन् र उनको सल्लाह अनुसार अर्थमन्त्रालय सञ्चालन गर्दै आएका छन् ।

 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।