देश भित्र र बाहिरका कोरोना भाइरसका चर्चित संक्रमित

Sep 21, 2020 04:50 PM Merolagani

विश्वभर कोभिड १९ संक्रमण फैलिरहेको छ । विश्वमा हालसम्म तीन करोड भन्दा धेरैमा कोभिड १९ संक्रमण पुष्टि भएको छ भने नौ लाख भन्दा धेरैको निधन भइसकेको छ ।

संक्रमण पुष्टि भएकामध्ये विश्वका चर्चित व्यक्तिहरु पनि परेका छन् । सर्वसाधारणका साथै विशेष स्वास्थ्य सुरक्षा तथा सुविधा भएका भिआईपी व्यक्तिहरु पनि संक्रमित भए पछि चर्चा पनि निकै भयो । तीमध्ये विभिन्न राष्ट्रका नेता,कलाकारदेखि खेलाडी र अर्बपतिसम्म परेका छन् ।

नेपालमा पनि हालसम्म जिम्मेवार पदमा आसिन व्यक्ति, नेता, अर्बपति, चर्चित चिकित्सक,पत्रकार तथा कला क्षेत्रमा आवद्ध केहि व्यक्तित्वहरुमा पनि संक्रमण पुष्टि भएको छ । तीमध्ये केहि भिआईपीहरु पनि संक्रमित भएको खबर बाहिरिदै आएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढेसँगै विशिष्ट व्यक्तिहरुमा पनि संक्रमण देखिन थालेको हो । नेपालमा हालसम्म संक्रमितको संख्या ६४ हजार नाघेको छ भने संक्रमणबाट निभन हुनेको संख्या ४११ पुगेको छ। विशेषगरी काठमाडौं उपत्यका हटस्पट बनेका कारण पनि उपत्यकामा रहने हाइप्रोफाइल व्यक्तिहरुमा संक्रमण देखिएको मानिन्छ ।

नेपालका भिआइपी संक्रमित

अर्बपति विनोद चौधरी पनि कोरोना संक्रमणबाट अछुतो रहेनन् । भदौ १२ गते उनले आफ्नो ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए । हाल भने उनी कोरोना संक्रमण मुक्त भइसकेका छन् ।

नेपाली कँग्रेसका महामन्त्री सशांक कोइरालालाई पनि भदौ २४ मा कोभिड १९ पोजिटिभ देखिएको थियो । हाल उनी आइसोलेसनमा रहेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्य पनि कोभिड १९ संक्रमित भएका छन् । काठमाडौंमा कोभिड १९को नियन्त्रणमा जुटिरहेका उनलाई भदौ १६ गते कोभिड १९ देखिएको हो । यद्यपी उनमा कुनै लक्षण देखिएको छैन र हाल उनी होम आइसोलेसनमा रहेका छन् ।

चितवन,रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना पुष्टि भएको थियो । उनमा असोज २ गते कोभिड १९ पुष्टि भएको थियो । उनी कोभिड १९ महामारी व्यवस्थापानमा जुटेको समयमा संक्रमण भएका हुन् ।

यसअघि नै कोरोना भाइरस हटस्पट बनेको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीमा संक्रमण पुष्टि भएको थियो ।

नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल दम्पत्तिलाई पनि कोभिड १९ पुष्टि भएको छ । डा. रिजाल र उनकी श्रीमती सरला रिजालमा भदौ १४ गते कोरोना पुष्टि भएको हो । हाल दुबैको स्वास्थ्य अवस्था सामान्य रहेतापनि ह्याम्स अस्पतालमा यी जोडी उपचाररत छन् ।

यसैगरि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई पनि कोभिड १९ देखिएको थियो । यस्तै प्रदेश १का सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि संक्रमितको सूचीमा पर्दछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरे पनि भिआइपी संक्रमितमध्येमा पर्दछन् । साउनमा संक्रमित भएका उनी हाल भने संक्रमण मुक्त भइसकेका छन् । जनता समाजवादी दलका सासंद प्रदीप यादवले संक्रमण पुष्टि भएको सामाजिक संजालमार्फत जानकारी दिएको थिए ।

त्यस्तै खेल जगतमा पनि कोभिड १९ संक्रमण पाइएको थियो । तीमध्ये नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा संक्रमण पुष्टि भएको थियो । यद्यपी उनको नाम भने खुलाइएको थिएन । स्क्वासका प्रशिक्षक हिरा थापा पनि संक्रमित भएका थिए ।

यस्तै कलाकारमध्ये वरिष्ठ लोकगायक प्रेम राजा महत र उनकी श्रीमती कविता केसीमा कोभिड १९ पुष्टि भएको थियो । अमेरिका बस्ने यी दम्पत्तीले २३ साउनमा सामाजिक संजालमार्फत आफूलाई संक्रमण पुष्टि भएको सार्वजनिक गरेका थिए । कतिपय कलाकारहरुले कोभिड संक्रमण भएको नखुलाएको पनि पाइएको छ ।

विश्वका चर्चित संक्रमित

कोभिड १९ संक्रमण पुष्टि भई निधन हुने विश्वका भिआईपीहरुमा भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी पर्दछन् । उनमा फोक्सो तथा मस्तिष्कसम्बन्धि स्वास्थ्य समास्या पनि थियो । मुखर्जीको भदौ १५ गते निधन भएको हो ।

यसैगरी भारतका गृहमन्त्री अमित शाहमा पनि कोरोना देखिएको थियो ।

भारतका नै चर्चित अभिनेता अमिताभ बच्चन,उनका छोरा नायक अभिषेक बच्चन, बुहारी ऐश्वर्य राय र नातिनी आराध्या बच्चन पनि कोरोना संक्रमित भएका थिए । हाल यी सबै संक्रमणमुकत भइसकेका छन् ।

बलिउडका संगितकार वाजिद खानले पनि जुन १ मा ज्यान गुमाइएका छन् । उनमा पनि कोरोना पोजिटिभ पाइएको थियो । खानलाई अन्य स्वास्थ्य समस्या पनि रहेको थियो ।

कोभिड १९ पोजिटिभ हुने बलिउड कलाकारमा जेनेलिया डिसुजा देशमुख, अर्जुन कपुर, मलाईका अरोरा, अफ्ताब शिवदासनी, तेलेगु चलचित्र निर्माता एसएस राजामौली, किरण कुमार, गायिका कनिका कपुर आदि छन् ।

यसैगरी विभिन्न देशका शक्तिशाली व्यक्तिहरु जो कोभिड १९ संक्रमित भए, ती हुन् बेलायतका प्रधानमन्त्री बोरिश जोनशोन, बेलायतका युवराज चाल्स, रसियाका प्रधानमन्त्री मिखाईल मिसुस्टिन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रोगोर ट्रुडो, बोलिभियाका राष्ट्रपति जेनिन अनेज, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो तथा उनकी श्रीमती मिसयल बोल्सोनारो ।

इज्रायलका स्वास्थ्य मन्त्री याकुब लिजमान, इरानका उपस्वास्थ्य मन्त्री इराज हारिर्ची , कुओमो, पाकिस्तानका पुर्व प्रधानमन्त्री शाहिद खान अब्बासी तथा रेल मन्त्री सेख रशिद अहमद, स्पेनका उपप्रधानमन्त्री कार्मेन काल्वो, बेलायतका स्वास्थ्य मन्त्री म्याट हानको, माल्दिभ्सका पुर्व राष्ट्रपति मउमुन अब्दुल गायुम, सिएनएसका संचारकर्मी क्रीश आदि विश्वका प्रतिष्ठित नेताहरुमा पनि संक्रमण पुष्टि भएको हो ।

हलिउड अभिनेता रोबर्ट प्याटिन्सन, अमेरिकन गायिका म्याडोना, अभिनेता टम ह्यांङ्स, नायिका तथा गायिका रिटा विल्सन, गेम अफ थ्रोन्सकी इन्दिरा वमा, बेलायतका संगितकार तथा अभिनेता एड्रिस एल्बा, पिंक लगायत केहि कलाकारलाई पनि संक्रमण पाइएको हो ।

 

पुर्व पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी र अन्य १० क्रिकेटर, फुटबलर नेइमार, एन्जेल डिमारिया, किलियन एम्बापे, मारियानो डियाज, डेनील रुगानी, भोन मिलर, जेम्स डोलान, स्प्रिन्टर उसैन बोल्ट लगायतका खेलाडीहरु पनि कोरोना संक्रमित भएका थिए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।