एफपीओ जारी गर्ने विषयमा छलफल गर्न एनआरएन लघुवित्तले डाक्यो विशेष साधारण सभा

Sep 21, 2020 08:02 AM Merolagani

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBSL) ले विशेष साधारण सभा डाकेको छ। लघुवित्तले असोज १८ गते, आइतबार धनगढी, कैलाली (होटल दिनेश) मा सभा डाकेको हो।

सभामा पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्ने विशेष प्रस्ताव रहेको छ।

यसका साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।