नबिलले सुरु गर्यो ‘नबिल फोन लोन’ सुविधा

Sep 21, 2020 12:19 PM Merolagani



नबिल बैंकले (NABIL) नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । बैंकले तलबी खाताबाहक ग्राहकहरुकालागि आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त दिने व्यवस्था गरेको छ ।

यो एक नवीनतम डिजिटल सुविधा हो । यो सेवा बैंकले एफवन सफ्ट इन्टरनेशनलको सहकार्यमा ल्याएको हो । नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ ।

फोन लोनका विशेषताहरु :

कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स :

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।

ओजीएफ स्ट्यान्ड लोन :

बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।

बिना धितो ऋण :

ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने 

सुक्ष्म ऋण :

यस योजना अन्तर्गत एक लाख रुपैयाँसम्म ऋणको सुविधा लिन सकिने

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल केशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने छ । शाहले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’

हाल बैंकका ११९ शाखा तथा १८४ ओटा एटिएम सञ्जाल रहेको छ ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।