माेटर साइकल बजारमा दशैं लाग्याे,नगद छुटदेखि शुन्य प्रतिशत व्याजमै बाइककाे अफर

Sep 21, 2020 04:07 PM Merolagani

नेपालीहरुको महानपर्व दशैं तिहार नजिकिदै गर्दा दुई पाँग्रे सवारी साधानमा अफरहरु सार्वजनिक हुन थालेका छन् । अटो व्यवसायीहरुले चाडपर्वको लागि लक्षित गर्दै अफरहरु सार्वजनिक गर्न थालेका हुन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकको अर्थतन्त्रसंगै अटो व्यवसायमा प्रतक्ष्य असर परिरहेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले चैत ११ गते देखि लकडाउन गरेपछि करिब ३ महिना सवारीसाधनको बिक्री ठप्पै भएको थियो ।

त्यसपछि सरकारले लकडाउन केहि सहज गरेपछि केहि मात्रामा सवारीसाधानहरु बिक्री हुन थालेका छन् । त्यसमा पनि धेरै मात्रामा माेटरसाइलकाे बिक्री भएकाे व्यवसायीकाे भनाइ छ । 

कोरोना भाइरसका कारण थला परेको अटो व्यवसायलाई थप चलामान बनाउन व्यवसायीहरु आर्कषक योजनाहरु सार्वजनिक गर्न थालेका हुन् । अटो व्यवसायीहरुले शून्य प्रतिशत डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमै ग्राहकले मोटरसाइकल खरिद गर्न सक्ने अफर ल्याएका छन् ।

बजाज,टीभीएस,हिरो र सुजुकीका दुई पाङ्ग्रे सवारीसाधनमा बिक्रेता कम्पनीहरुले चाडपर्वको लागि भारी छुटको आकर्षक योजना सार्जनिक गरेका हुन् ।

बजाज मोटरसाइकलको बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले कुनैपनि मोडलको बाइक खरिदमा नगद १० हजार छुट दिने जनाएको छ । यस्तै ५० प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल खरिद गरे शुन्य प्रतिशत व्याजदरमा किस्ता बुझाउन सकिने कम्पनीले जनाएको छ ।

यसैगरी २० प्रतिशत डाउन पेमेन्टमै मोटरसाइकल खरिद गर्ने सकिने व्यवस्था समेत गरेको छ । यसको लागि भने कम्पनीले व्याज छुटको व्यवस्था गरेको छैन् ।

टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पनि दुई पाङ्ग्रे सवारी साधनामा ‘टीभीएस दसैंको आशा’ नामक योजना सार्वजनिक गरेको छ । टीभीएसको मोटरसाइकल किन्दा ९ हजार र स्कुटरमा ७ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । जगदम्बा मोटर्सले दुई पाँग्रे सवारीसाधान शून्य फाइनान्समा अफर ल्याएको हो ।

यस्तै हरेक हप्ता बम्पर पुरस्कारको रुपमा अपाचे आरआर ३१० बाइक पाउन सकिने छ । बाइक किने पनि वा नकिने पनि यो अफरमा सहभागी हुन र पुरस्कारको रुपमा अपाचे आरआर ३१० पाउन सकिने जगदम्बा मोटर्सले जनाएको छ ।

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले ‘दशैंको पर्व हिरोत्सवको हर्ष’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले दशै तथा तिहारको उपलक्ष्यमा उक्त योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले ५ हजार रुपैयाँ पक्का डिस्काउन्ट,स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् ।

हिरोले हाल शून्य प्रतिशत ब्याजदरमा विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

सुजुकी बाइकको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले पनि दसैं–तिहार फेस्टिभल अफर सार्वजनिक गरेको छ । फेस्टिभल अफर सुजुकीले ग्राहकका लागि ‘चाडपर्व सबैको हौसला हाम्रो अफर’ ल्याएको हो ।

फेस्टिभल अफर अन्र्तगत अब सुजुकीको कुनैपनि बाइक वा स्कुटर किन्दा १२ हजार रुपैयाँ छुट पाउने छन् । त्यसैगरी एक वर्ष सम्मको सडक दस्तुर छुट र हेल्मेट समेत पाउनेछन् । फाइनान्समा खरिद गर्दा वा एक्सचेन्ज गर्दा समेत फेस्टिभल अफर प्राप्त गर्ने सकिने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।