अब विप्रेषण कम्पनीहरुले डिजिटल माध्यमबाट रकम भित्र्याउन सक्ने

Sep 21, 2020 04:22 PM Merolagani

नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीहरुले डिजिटल माध्यमबाट रकम भित्रयाउन सक्ने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकबाट अनुमति लिई बिप्रेषण कारोबार गर्दै आएका बैंक तथा वित्तीय संस्था तथा बिप्रेषण प्रदायक कम्पनीहरुलाई विदेशमा काम गरिरहेका नेपालीहरु कार्यरत देशमा सञ्चालनमा रहेका डिजिटल पेमेन्ट संस्थाहरुसँग आबद्ध भई डिजिटल माध्यमबाट रकम भित्र्याउन सकिने व्यवस्था गरेको हो।

नेपालमा रहेका सेवाग्राहीलाई नेपालमा सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध भई ती संस्थाहरुले सञ्चालन गरेका विद्युतिय भुक्तानी उपकरणहरु जस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेटमार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्न सक्ने व्यवस्था गरेको छ।

डिजिटल भुक्तानीको लागि नेपालीहरु कार्यरत देशमा सञ्चालनमा रहेको डिजिटल पेमेन्ट इन्स्ट्रुमेन्ट सञ्चालन गर्ने संस्थासँग आबद्ध भएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।