मुद्दति निक्षेपमा ब्याजदर बढेपछि बैंकहरुको निक्षेप ह्वातै बढ्यो, कर्जा लगानी पनि बढ्दै

Sep 21, 2020 05:08 PM Merolagani

वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा ब्याजदर बढाएसँगै बैंकहरुको निक्षेप संकलन ह्वातै बढेको छ।

असोज पहिलो साता मात्रै २७ वटा वाणिज्य बैंकहरुको निक्षेप संकलन २१ अर्ब रुपैयाँले बढेको छ। गत भदौमा बैंकहरुले निक्षेपमा न्यून व्याजदर दिँदै आएका थिए। भदौको पहिलो साता १ अर्बले बढेको निक्षेप दोस्रो साता ६ अर्ब, तेस्रो साता ५ अर्ब र चौथो साता ४ अर्ब रुपैयाँले बढेको थियो । तर बैंकहरुले मुद्दति निक्षपमा ब्याजदर बढाएसँगै एकै सातामा बैंकहरूको निक्षेप संकलन २१ अर्बले बढेको हो।

अहिले बैंकहरूले मुद्दति निक्षपमा ९ प्रतिशतसम्म ब्याज दिन थालेका छन्।

पछिल्लो समय बैंकहरूको कर्जा लगानी पनि बिस्तारै बढ्न थालेको छ। असोज पहिलो साता बैंकहरुको कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ। भदाै यता बैंकहरुको कर्जा लगानी ३२ अर्ब रुपैयाँले बढेको छ।

असोज पहिलो सातासम्ममा बैंकहरुले कुल ३५ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन भने २९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।