कोरोना संक्रमणको बढ्दो मामलाका बीच एशियाली शेयर बजारमा गिरावट जारी

Sep 22, 2020 11:56 AM Merolagani

कोरोना संक्रमितहरुको संख्यामा वृद्धि भएसँगै बेलायत र अमेरिकाका लगानीकर्ताहरु चिन्तित भएपछि यसको प्रत्यक्ष असर एशियाली शेयर बजारमा देखिएको छ। योसँगै मंगलबार एशियाली शेयर बजारमा गिरावट देखिएको हो। 

यस क्षेत्रमा सबैभन्दा ठूलो गिरावट अस्ट्रेलियामा देखिएको छ। यहाँको शेयरबजार तीन महिनाको तल्लो स्तरमा पुगेको छ।

मंगलबार जापान बाहिरको एशिया–प्रशान्त शेयर सूचकमा ०.५ प्रतिशतको गिरावट देखियो। यसैगरी, अस्ट्रेलियाको एसएण्डपी/एएसएक्स २०० सूचक ०.७ प्रतिशतले घट्यो।

यता चीनको ब्लू–चिप सूचक ०.१ प्रतिशत, हङकङको हाङसेङ सूचक ०.५ प्रतिशतले घट्यो। जापानको शेयर बजार भने सार्वजनिक बिदाका कारण बन्द छ।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै आर्थिक क्षेत्र थप नराम्रोसँग प्रभावित हुने आशंकासँगै सोमबार बेलायत र अमेरिकाको शेयर बजारमा गिरावट देखियो। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।