देशभरमा एक हजार ३५६ जना कोरोना संक्रमित थपिए, थप दुई जनाको निधन

Sep 22, 2020 04:28 PM Merolagani

पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ३५६ जना कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १८ हजार १४२ जना छन् ।

यसैगरी गत २४ घण्टामा कोभिड १९ संक्रमण निको हुनेको संख्या ८२३ रहेको छ । अहिलेसम्म देशभरमा कुल ४८ हजार ६१ जना ले संक्रमण जितिसकेका छन् ।

हाल देशमा कवारेन्टिनमा सात हजार १७१ जना छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना र होम आइसोलेसनमा आठ हजार ९४९ जना रहेका छन् । गत एक दिनमा ११ हजार १५४ पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा कुल परीक्षण संख्या ९ लाख ३४ हजार ९७७ पुगेको छ ।

नेपालमा थप दुई जनाको कोभिड १९ संक्रमणका कारण निधन भएको छ । योसँगै संक्रमणका कारण निधन हुनेको कुल संख्या ४२९ पुगेको छ । 

देशभरमा निधन भएकाहरुको विवरण :

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।