सुनचाँदीको मूल्यमा गिरावटको क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

Sep 23, 2020 11:12 AM Merolagani



मंगलबार उच्च दरले घटेको सुनचाँदीको मूल्य बुधबार पनि घटेको छ। यसदिन सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो। 

असोज ७ गते, बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन अर्थात् मंगलबार सुनको मूल्य एक हजार ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य उच्च दरले बढेसँगै सुनको मूल्य घटेको बताइएको छ। त्यसैको प्रभाव नेपाल सुनचाँदी बजारमा पनि परेको हो। अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा पनि सुनचाँदीको मूल्य निर्धारण हुने गर्दछ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिअउन्स एक हजार ८८८ रुपैयाँमा कारोबार भइरहेको छ। 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।