भदौ २५ गतेको २३ करोड बढीको कारोबारको राफसाफ शुक्रबार हुने

Sep 23, 2020 12:49 PM Merolagani



भदौ २५ गते भएको कारोबारमा बाँकी रहेको २३ करोड रुपैयाँभन्दा धेरै कारोबारको राफसाफ असोज ९ गते शुक्रबार हुने भएको छ। 

सो दिन कुल २९ हजार ९९६ वटा कारोबार भएकोमा ४ हजार २९७ वटा कारोबारको राफसाफ बाँकी रहेको सिडिएससीले जनाएको छ।

नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएका कारण केहि समयको कारोबार पछि बजार २ घण्टा बन्द भएको थियो। नेप्सेले कारोबार व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको कारण कारोबारको सेटलमेन्ट पोष्टपोन्ड गर्न सिडिएसीलाई आग्रह गरेको थियो। सोहि अनुसार कारोबारको राफसाफ तत्कालको लागि स्थिगित गरिएको थियो।

सो पश्चात भदौ ३१ गते सिडिएससीले अंशिक कारोबारको राफसाफ सम्पन्न गरेको थियो भने २ बजे भन्दा अगाडि भएका कारोबारको राफसाफ अझै हुन सकेको थिएन। भदौ ३१ गते सिडिएससीले १ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबारको रफसाफ गरेको थियो।

२३ करोड १४ लाख ६५ हजार ३७० रुपैयाँ बराबरको कारोबारको राफसाफ बाँकी रहेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

२५ करोड ७ लाख ६५ हजार ८७९ को रुपैयाँको कारोबारको राफसाफ बाँकी भए पनि १ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबारको भने रद्द भएको छ।

भदौ २५ गते १८९ वटा कम्पनीको ४३ लाख २९ हजार ६६५ कित्ता शेयर २ अर्ब २० करोड ९६ लाख ४४ हजार ९७२ कित्ता शेयर कारोबार भएको थियो।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।