थप एक हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि, एक हजार १४७ जना डिस्चार्ज

Sep 26, 2020 05:13 PM Merolagani



शनिबार देशभरमा एक हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १८ हजार ३४१ जना छन् ।

यसैगरी गत २४ घण्टामा कोभिड १९ संक्रमण निको हुनेको संख्या एक हजार १४७ जना रहेको छ । अहिलेसम्म देशभरमा कुल ५३ हजार १३ जनाले संक्रमण जितिसकेका छन् । यो कुल संक्रमितको ७३ प्रतिशत हो ।

हाल देशमा क्वारेन्टिनमा ६ हजार ३३१ जना छन् ।

गत एक दिनमा नेपालमा थप ६ जनाको कोभिड १९ संक्रमणका कारण निधन भएको छ । योसँगै संक्रमणका कारण निधन हुनेको कुल संख्या ४६७ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन् । त्यसमध्ये सबै भन्दा धेरै काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना छन् ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।