सानिमा लाइफको सिइओमा अगम मुखिया नियुक्त

Sep 28, 2020 04:56 PM Merolagani



सानिमा लाइफ इन्स्योरेन्स कम्पनी (SLI) को प्रमुख कार्यकारी अधिकृतमा (सिइओ)मा अगम मुखिया नियुक्त भएका छन् । उनलाई आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेका हुन् ।

नव नियुक्त सिइओ मुखियाले आजैबाट कार्यभार समाहलेका छन् । उनीसंग विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरेको अनुभव छ । 

उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरू, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरू, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सहयोगका लागि अनुरोध समेत गरे ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।