सानिमा लाइफको सिइओमा अगम मुखिया नियुक्त

Sep 28, 2020 04:56 PM Merolagani



सानिमा लाइफ इन्स्योरेन्स कम्पनी (SLI) को प्रमुख कार्यकारी अधिकृतमा (सिइओ)मा अगम मुखिया नियुक्त भएका छन् । उनलाई आइतबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेका हुन् ।

नव नियुक्त सिइओ मुखियाले आजैबाट कार्यभार समाहलेका छन् । उनीसंग विभिन्न बीमा कम्पनीहरूमा उच्च व्यवस्थापकिय पदमा रही १६ बर्ष भन्दा बढी कार्य गरेको अनुभव छ । 

उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्स, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्ट र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै उनले आफूसँग रहेको कार्य अनुभवबाट कम्पनीलाई नयाँ आयामका साथ जीवन बीमा कम्पनीहरू मध्ये उत्कृष्ट स्थान हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीलाई हालसम्म सहयोग पुर्याउने नियमनकारी निकायहरू, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरू, अभिकर्ता, शुभचिन्तक लगायत सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सहयोगका लागि अनुरोध समेत गरे ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।