वित्तीय ग्राहकलाई मर्का पर्न नदिन केन्द्रिय बैंकले जारी गर्यो वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, के छन् व्यवस्था?

Sep 28, 2020 05:31 PM Merolagani



नेपाल राष्ट्र बैंकले बेंक तथा वित्तीय संस्थाको ग्राहकहरुलाई मर्का पर्न नदिन नेपाल राष्ट्र बैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७ जारी गरेको छ। 

बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रदायक, विप्रेषण कम्पनी, मनिचेञ्चर तथा सो सम्बन्धि कार्य गर्ने एजेण्टहरुले गरिरहेको वित्तीय मध्यस्थता सेवा सम्बन्धमा वित्तीय ग्राहकको संरक्षण तथा गुनासो व्वस्थापनको लागि उक्त कार्यविधि ल्याएको हो।

वित्तीय मध्यस्थता सेवा प्रदान गर्न अनुमति प्राप्त वित्तीय सेवा प्रदायकले प्रचलित कानुन तथा केन्द्रिय बैंकबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचनाको अधीनमा रहि सबै प्रकारका ग्राहकलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा प्रवाहको सुनिश्चितता प्रदान गरी ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने र मर्का पर्न गएमा सोको समुचित सुनुवाई गरी उचित व्यवस्थापन गर्नु वित्तीय ग्राहक संरक्षणको प्रमुख उद्देश्य रहेको केन्द्रिय बैंकले जनाएको छ।

वित्तीय सेवा प्रदायक र वित्तीय ग्राहक बीचको कारोबारमा कुनै पनि पक्षलाई मर्का पर्न गएमा त्यस सम्बन्धमा सुनुवाइको लागि डेपुटी गभर्नरको संयोजकत्वमा समिति गठन भएको छ।

उक्त समितिमा डेपुटी गभर्नर, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक समेत सदस्य रहने छन्।





मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।