बैंकहरुको कर्जा लगानी बढ्न थाल्यो, करिव दुइ सातामा २५ अर्ब लगानी

Sep 28, 2020 05:30 PM Merolagani



वाणिज्य बैंकहरुको कर्जा लगानी विस्तारै बढ्न थाले्को छ। लकडाउनका कारण ठप्प रहेको बैंकहरुको कर्जा लगानी पछिल्लो केहि साता यता बढ्न थालेको बैंकर्स संघको तथ्याँकले देखाउछ।

भदाैंकाे अन्त्यदेखि असाेज ९ गतेसम्मकाे करिव दुई सातामा वाणिज्य बेंकहरुको कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको छ। त्यस्तै बेंकहरुले मुद्दति निक्षेपमा ब्याज बढाएका कारण निक्षेप संकलन पनि करिव दुई सातामा ३७ अर्ब रुपैयाँले बढेको छ।

बैंकहरुसँग अहिले लगानीयोग्य रकम अधिक छ। कर्जा र निक्षेपको ब्याजदर घटेको छ। विस्तारै कर्जाको माग बढ्न थालेकाले अब तरलता केहि कम हुने बैंकरहरु बताउछन्।

असोज ९ गतेसम्ममा वाणिज्य बैंकहरुले ३५ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने २९ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

 




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।