बीमा समितिको तथ्यांक अनुसार बीमा कम्पनीहरुबाट २५ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन भएको छ । जीवन बीमा ब्यवसायतर्फ २० अर्ब ७८ करोड र निर्जीवन बीमा तर्फ ४ अर्ब ७७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन भएको हो ।
जीवन बीमातर्फ नेपाल लाइफ एक्लैले ६ अर्ब २८ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ भने निर्जीवन बीमा तर्फ शिखर इन्स्योरेन्सले ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी अग्रता कायमै राखेको छ ।
नेपाल लाइफको मात्रै ३० प्रतिशत योगदान
चालु आर्थिक वर्षको भदौसम्ममा जीवन बीमा कम्पनीहरुले २० अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुबाट सो बराबरको बीमा शुल्क संकलन गरेको हो ।
बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा नेपाल लाइफको मात्रै ३०.२२ प्रतिशत योगदान रहेको छ । नेपाल लाइफ एक्लैले यस अवधिमा ६ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।
यस्तै राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ८७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्कको १८.६२ प्रतिशत हो । एलआईसी नेपालले पनि २ अर्ब ५३ करोड रुपैयाँख बीमाशुल्क आर्जन गरेको कुल बीमा शुल्कमा १२.१८ प्रतिशत योगदान दिएको छ ।
नेशनल लाइफले पनि कुल बीमाशुल्कको ८.३३ प्रतिशत अर्थात १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ ।
नयाँ बीमा कम्पनी युनियन लाइफले पुराना एशियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सुर्या लाइफ र गुराँस लाइफको भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । युनियन लाइफले दुई महिनामा ९४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।
सबै भन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले १२ करोड रुपैयाँ मात्रै कुल बीमा शुल्क आर्जन गरेको छ ।
निर्जीवन तर्फ शिखरको अग्रता कायमै
निर्जीवन बीमा कम्पनीहरु तर्फ शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै कुल बीमाशुल्क आर्जन गरेको छ । यस अघि पनि निरन्तर अब्बल सबित गर्दै आएको शिखरले आफ्नो अग्रता कायमै राखेको हो ।
चालू आर्थिक वर्षको भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुबाट कुल ४ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट उक्त रकम बराबरको बीमा शुल्क संकलन गरेको हो ।
बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनहरुले आर्जन गरेको कुल बीमाशुल्कको १२.१६ प्रतिशत हो । यस्तै सगरमाथा इन्स्योरेन्सले पनि ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी सिद्धार्थ इन्स्योरेन्सले ४१ करोड, नेको इन्स्योरेन्सले ३९ करोड, एनएलजी इन्स्योरेन्सले ३५ करोड र प्रिमियर इन्स्योरेन्सले २९ करोड रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ ।
नयाँ संचालनमा आएका अजोड इन्स्योरेन्सले २० करोड रुपैयाँ कुल बीमा शुल्क कमाएको छ । यो
पुरानो संचालनमा रहेका प्रुडेन्सियल, आईमएमई जनरल, एभरेष्ट, युनाइटेड र हिमालयन जनरल इन्स्यारेन्सको भन्दा बढी हो ।
यस्तै सबै भन्दा कम सानिमा जनरल इन्स्यारेन्सले ७ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।