शिखर इन्स्योरेन्सको सिइओमा दिप पाण्डेलाई निरन्तरता दिन बीमा समितिको अनुमति

Sep 29, 2020 07:07 AM Merolagni



शिखर इन्स्योरेन्स (SICL) को सिइओमा दिप प्रकाश पाण्डेलाई निरन्तरता दिने भएको छ । पाण्डेलाई सिइओमा निरन्तरता दिने कम्पनी संचालक समितिको प्रस्तावलाई बीमा समितिले अनुमति दिएको हो ।

बीमा समितिले सिइओ नियुक्तीको लागि अनुमति दिएपछि संचालक समितिको बैंठकले आधिकारीक निर्णय गर्नेछ ।

त्यस अनुसार पाण्डेले पुनः आगामी चार वर्ष कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी समहाल्नेछन् । अहिले थपिएको कार्यकाल भने कार्तिक ११ गतेबाट मात्रै सुरु हुनेछ ।

नेपाल बीमक संघका अध्यक्ष समेत रहेको पाण्डे लामो समय बीमा क्षेत्रमा काम गरेका व्यक्ति हुन् । उनले शिखर इन्स्योरेन्समा आउनुअघि एभरेष्ट इन्स्योरेन्समा समेत काम गरेको थिए ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।